अमेरिकी सेनाका चार विमान एकैसाथ काठमाडौंमा

२०७२ बैशाख २० आईतवार


काठमाडौं: अमेरिकी सरकारले उद्धार टोली तथा राहत सामाग्रीसहित चारवटा मध्यम स्तरका सैनिक विमान नेपाल पठाएको छ। यूएस मरिनका चारवटा विमान आइतबार साँझ सवा ६ बजे एकैसाथ काठमाडौं विमानस्थलमा उत्रिएका छन्।

यसअघि भारतले उद्धार टोली र राहतसँगै ६ वटा हेलिकप्टर र विशेष विमान पठाएको थियो। अहिलेसम्म तीसभन्दा बढी देशले उद्धार टोली पठाइसकेका छन्।

विमानस्थलका महाप्रवन्धक विरेन्द्र श्रेष्ठका अनुसार १ सय ९६ टनभन्दा बढी तौल भएका विमानलाई अवतरण हुन नदिने निर्णय भएको बताए ।ठूला विमानका  कारण धावनमार्ग बिग्रने हुदाँ ठूला विमानको आगमनमा रोक लगाइएको हो। क्यानडाले नेपाल पठाउन लागेको ३ वटा ठूला विमान आउन रोक लगाइसकिएको छ ।

,

0 comments

Write Down Your Responses