बिपी राजमार्ग उद्घाटनमा मनीषा कोइराला असन्तुष्ट
काठमाण्डु, २० असार– बिपी राजमार्ग हस्तान्तरणमा यसका योजनाकार बिपी कोइराला परिवारका नजिकका कसैलाई नबोलाइएकोमा अभिनेत्री मनीषा कोइरालाले असन्तुष्टि पोखेकी छिन् ।
‘बिपी राजमार्गको उद्घाटन भएक, आज तर अचम्म छ, बिपीका छोरा वा नजिकका आफन्त कसैलाई पनि बोलाइएन । राजनीतिको दुनियाँ !’
मनीषाले शुक्रबार बेलुकी सामाजिक सञ्चाल फेसबुकमा आश्चर्य मान्दै स्ट्याटस लेखेकी हुन् । मनीषा बिपीका जेठा छोरा प्रकाशकी छोरी हुन् । संशाक र श्रीहर्ष कोइराला पनि बिपीका छोराहरु हुन् ।
– नागरिक दैनिकबाट
0 comments
Write Down Your Responses