महिला डाक्टर र नर्स नै शोषित छौँ हाकिमबाट
डा. दिपीका सुवेदी
‘म त मर्दको छोरा हुँ, केटी माथि हात उठाउँदिन’–सानैदेखि यस्ता भनाइहरु मेरा कानमा परिरहन्थे । ‘स्वास्नी पिट्ने त नामर्द हो’ भन्ने कथन पनि प्रचलित छ । यिनी वाक्यहरुको एउटै उद्देश्य मानवताको संरक्षण गर्नु मात्र हो ।
मानव एउटा विशाल अर्थ बोकेको शव्द हो । मानिसमा मानवता भयो भने मात्र त्यो मानव कहलाउँछ । हाम्रो गुरुले हामीलाई पढाउँदा भन्नुहुन्थ्यो– ‘तपाईंहरु राम्रो चिकित्सक त बनिहाल्नु हुन्छ तर मानव बन्न सक्नुभयो भने मात्र तपाईको जीवन सफल हुनेछ ।’ मानवता र नैतिकताले ओतप्रोतहरु मात्र मर्द कहलाउँछन् । कोही पुरुष हुँदैमा मर्द हुँदैन । हाम्रो समाजमा पौराणिककालदेखि नै पुरुषले महिलाको रक्षा गर्ने गरेको हुनाले सामान्यतया पुरुषलाई मर्द भन्ने गरिन्छ । तर जो पुरुष महिला माथि नै आकक्रमण गर्छन् ।‘म त मर्दको छोरा हुँ, केटी माथि हात उठाउँदिन’–सानैदेखि यस्ता भनाइहरु मेरा कानमा परिरहन्थे । ‘स्वास्नी पिट्ने त नामर्द हो’ भन्ने कथन पनि प्रचलित छ । यिनी वाक्यहरुको एउटै उद्देश्य मानवताको संरक्षण गर्नु मात्र हो ।
उनीहरु समाजका नामर्द कहलाउँछन् । आजको यो २१ औं शताव्दीमा महिलाहरु पनि प्रगतिका पाइलाहरु उचाल्दैछन् । हाम्रो जस्तो पूर्वीय सभ्यतामा अगाडि बढेको मुलुकमा महिलालाई अघि बढ्न निकै नै कठिन छ ।
धेरै चुनौतीहरुको सामना गरेर एउटा नारीले सबै जसो क्षेत्रमा सफल व्यक्तित्वहरुको माझमा आफ्नो उपस्थिति जनाउन सक्दछिन् । म पनि यिनै दुर्लभ महिलाहरु मध्ये एक हुँ । सामान्यतया एउटा छोराले भोग्नुपर्ने र गर्नुपर्ने भन्दा धेरै नै बोझ तथा जिम्मेवारी बोकेर मात्र म यस स्थानमा आइपुगेको हुँ । सरकारले महिलाको सशक्तिकरण र विकासका लागि थोरै भएपनि आरक्षण राखेर केही हदसम्म समाजमा केही गर्छौ भन्ने हामी महिलाहरुको यात्रालाई सहज बनाइदिएको छ । तर राज्यले दिएको यस्तो मौकालाई समात्न पनि पहिले धेरै किसिमका अतिरिक्त चुनौतीहरु पार गर्नुपर्छ ।
आजकल शिक्षित पुरुषहरु पनि नामर्द बन्दैछन् । म बाध्य भएर यी र यस्ता कर्तुतहरुलाई ओकल्न लागिरहेको छु । मैले राप्ती उपक्षेत्रीय अस्पतालमा दिनदिनै भोगी रहेको अमानवीय व्यवहारहरु र आचरणको एउटा दृष्टान्त यहाँ पोख्न खोजी रहेको छु । यस अस्पतालमा नारीको अपमान गर्नु त एउटा परम्परा नै बनिसकेको छ । यहाँ पहिलेदेखि नै महिला कर्मचारीहरु माथि अपमान, बदनाम र अन्यायपूर्ण व्यवहार हुने गरेको छ ।
पुरुषहरु जन्मेदेखि नै फरक खानपिन र उठबसका साथ हुर्कन्छन् ।
उनीहरुलाई घरपरिवारदेखि सामाजसम्म हरेक पाइला–पाइलामा भविष्यमा केही बन्नको लागि प्रेरणा र सहयोग मिल्ने गर्छ । जसले गर्दा पुरुषहरु उत्साह बोकेर उज्यालो भविष्य बनाउन मन प्रफुल्ल बनाएर निरन्तर अगाडि बढ्दछन् । प्रकृतिले पनि पुरुषलाई नै सामाजिक रुपमा अघि बढ्न सक्ने गरी सक्षम बनाएको छ । उनीहरुको शारिरिक बनावट र बौद्धिक क्षमता केही भिन्न हुन्छ । जसले गर्दा नेतृत्व गर्नका लागि उनीहरुलाई वातावरण सहजै निर्माण हुन पुग्दछ । त्यसैले पुरुषहरु पहिले देखि नै समाजमा अग्रस्थानमा बसेका छन् ।
मानवताको कुरो पुरुषसँग नै कसरी जोडियो त ? भन्नु हुन्छ भने एउटा कुरा याद राख्नुहोस– बलियोले जसरी पनि निर्वललाई जित्न सक्छ । सामाजिक र प्राकृतिक रुपमा मजबुद भएका यी पुरुषहरुले महिलाको रक्षा गर्न पनि सक्छन् । बिनाश गर्ने भन्ने कुरा मानवता र नैतिकताले फरक पार्ने हो । कसैले मानवता र नैतिकता बिर्सियो भने त्यो पशुसरह हुन्छ र ऊ असामाजिक तत्व कहलाउँछ । मानवता र नैतिकता पतन भएकाहरुले आफूभन्दा कमजोर माथि नै आक्रमण गर्छन् ।
उनीहरुलाई आफ्नो स्वाभिमान, सम्मान र धर्मको कुनै प्रवाह हुँदैन । त्यस्ता पुरुषहरु चाहे जति नै सफलताको खोल ओढुन्, समाजमा तिनिहरु पतित मान्छेहरुमा गनिन्छन् । हो ! त्यस्ता गिरेका पुरुषहरु नै नामर्द हुन । यस्ता नामर्दहरु सधै नै समाजका कलंक मानिन्छन् । समाजमा अनेकौं अन्याय, अत्याचार, अपराध र बलात्कार जस्ता अमानविय घटनाहरु यिनैले घटाउने गर्छन् । अज्ञानी र अशिक्षितलाई त बुझाउने प्रयास गर्न सकिन्छ, डराउन, तर्साउन सकिन्छ । तर, शिक्षित र सफल पुरुषहरु पनि पाप र अधर्म तिर लाग्न थाले भने यो समाज के होला ? माथिका भनाईहरु कतिपयलाई कल्पनामा डुबेर लेखिएको जस्तो लाग्ला । तर यी भनाइहरु व्यवहारमा अग्रज, समकक्षी पुरुषबादी चिन्तन भएकाहरुले पाइला–पाइलामा दिएको चोटबाट थलिएको मनको बेदना हो । मेरो जीवनको भोगाइको बास्तविकता हो ।
आजकल शिक्षित पुरुषहरु पनि नामर्द बन्दैछन् । म बाध्य भएर यी र यस्ता कर्तुतहरुलाई ओकल्न लागिरहेको छु । मैले राप्ती उपक्षेत्रीय अस्पतालमा दिनदिनै भोगी रहेको अमानवीय व्यवहारहरु र आचरणको एउटा दृष्टान्त यहाँ पोख्न खोजी रहेको छु । यस अस्पतालमा नारीको अपमान गर्नु त एउटा परम्परा नै बनिसकेको छ । यहाँ पहिलेदेखि नै महिला कर्मचारीहरु माथि अपमान, बदनाम र अन्यायपूर्ण व्यवहार हुने गरेको छ । चिकित्सक, मेट्रोन, नर्सिङ स्टाफ सबै नै यस्तो व्यवहारको शिकार बनेका छन् ।
मसंग घटेको घटना एउटा ज्वलन्त उदाहरण हो । म सदाझैं मौन बस्न चाहन्न । मेरो आत्माले पनि मौन बस्न मलाई दिएको छैन । गलत कुराको बिरुद्ध आवाज उठाउनु मेरो धर्म हो । अहिले लेखेर मात्र आफ्नो बहलाई उजागर गर्ने प्रयास गरेको छु । आवश्यकता परेछ भने अन्य विभिन्न उपायहरु अपनाएर भएपनि अन्यायको बिरोध गर्ने दृढ संकल्प बोकिसकेको छु । म माथि भएको अमानवीय र पक्षपातपूर्ण व्यवहारले सीमा नाघि सकेकाले अब सहन सक्ने शक्ति मसंग छैन । म शव्दमार्फत यतिबेला विस्फोट भएको छु ।
राप्ती उपक्षेत्रीय अस्पतालमा म स्थायी मेडिकल अधिकृत पदमा बिगत डेढ वर्षदेखि कार्यरत छु । म बाहेक अस्थायी (करार) मा पुरुष मेडिकल अधिकृत १० जना छन् । जो विगत १ वर्ष वा सो भन्दा कम समयदेखि अस्पतालमा कार्यरत छन् । तर म अन्य चिकित्सक भन्दा सिनियर हुँ भनेर कहिले पनि घमण्ड गरेको छैन् । यसैगरी काखमा सानो बच्चा छ भनेर पनि कामको सवालमा कहिल्यै सम्झौता गरेको छैन् । पारिवारिक अवस्था अनुकुल छँदासम्म सेवाको भावनाले ओतप्रोत भएर दिन–रात, चाडपर्व केही नभनी सधैभरि आफ्नो काममा खटिरहेको छु । जसले गर्दा सेवाग्राहीहरु मसंग खुशी हुनुहुन्छ भन्ने अहिलेसम्मको मेरो ठम्याई छ ।
मेडिकल अधिकृत नै भएपनि आइपरेको समयमा सम्बन्धित विभागको जिम्मेवारी पनि सम्हाल्दै आएको छु । आफ्नो कामप्रति जिम्मेवार भएकै कारण शारिरीक अस्वस्थतामा पनि मैले बिश्राम गरिन । किनकी मलाई बिदा माग्दा ठाडै अस्विकार गरिन्थ्यो । सहयोग माग्दा ड्यूटीमा भएका चिकित्सक (पुरुष) हरु सूचनाबिना कार्यक्षेत्रबाट गायब भइरहन्छन् । तर सम्बन्धित ठाउँमा यी र यस्ता कुराहरु पु¥याउँदा समेत मौन बसेर उनीहरुलाई संरक्षण भइरहेको छ भने म एकपछि अर्को गर्दै दिनदिनै अपमानित भइरहेको छु ।
पीडित भइरहेको छु । अस्पतालमा विभिन्न फाँटहरु छन्, जसमा कामको प्रकृति र समय तालिका फरक हुन्छ । पारिवारिक अवस्था अनुकुल नहुँदासम्म काखमा बच्चा भएकाले गर्न मिल्ने समयको काम गर्ने चाहना राख्दा मलाई सिधैं अस्विकार गरिन्छ । नाइट ड्युटी मात्र होइन्, मलाई डबल ड्युटी पनि गर्नुपर्ने भनेर अस्पताल प्रशासन र पुरुष चिकित्सकहरु एकमुख भएका छन् । जसले गर्दा ‘मुर्खसँग दैव डरा’..भने जस्तै बाध्य भएर मैले डबल ड्यूटी गर्नु परिरहेको छ ।
देशलाई उँभो लगाउने हो भने महिला र पुरुष दुबै अघि बढ्नुपर्छ भन्ने सबैको साझा र बिबादरहित विषय हो, हुनुपर्छ । तर शिक्षित पुरुषहरुले नै काममा इमान्दार भएर पौरखी हातहरु खियाउँदै श्रम गरिरहेको महिलाको खुट्टा तान्छन् भने कसरी अस्पतालको विकास हुन्छ ? साना–साना पात सल्किएर नै जंगलमा आगो लाग्छ । त्यसैले तीे पातहरुमा लाग्न लागिरहेको आगोलाई समयमा नै निभाएर जंगलाई स्वाहा हुन बाट बचाउन सकिएन भने उपक्षेत्रीय अस्पतालले कदापि विकास गर्न सक्दैन ।
मानवताबिहीन क्रियाकलापहरु तथा सोंचलाई समयमा नै निरुत्साहित नपार्ने हो भने सर्वसाधारणको सेवामा समर्पित हुनुपर्ने अस्पताल नारकीय क्षेत्रमा परिणत हुनेछ । हामी स्वास्थ्यकर्मी र चिकित्सकहरुलाई सबैले भगवान ठान्छन् । अरुलाई जीवनदान दिने हामी चिकित्सकहरुको मनमनमा राक्षसी प्रवृत्ति हाबी हुने र बिभेदका कसीहरुमा रहेर कार्यरत चिकित्सकहरुलाई व्यबहार गर्ने हो भने समाजले एकदिन हामीलाई दिएको भगवानको अर्कोरुपको उपाधी खोस्नेछ ।
(लेखक उपक्षेत्रीय अस्पतालमा कार्यरत हुनुहुन्छ)
dainiknepal.com
0 comments
Write Down Your Responses