सबैभन्दा पहिले यी नायकलाई आएको थियो ‘बजरंगी भाइजान’ को अफर ?
मुम्बई । सलमान खानको फिल्म बजरंगी भाइजान रिलिज भएर अहिले राम्रो व्यापार गरिरहेको छ ।
सलमान खानको अभिनय र बालकलाकार हर्षाली मल्होत्राको भूमिकाले उक्त फिल्मलाई अझै हिट बनाइरहेको छ । तर सलमान खानअघि बजरंगी भाईजानको लागि नायक रितिक रोशनलाई प्रस्ताव गरिएको थियो ।
रिपोर्टका अनुसार रितिक रोशन यस फिल्ममा खेल्नमात्रै होइन उनका पिता राकेश रोशन यस फिल्मको निर्माण गर्न इच्छुक थिए ।
दुवै जना यो फिल्म बनाउन इच्छुक भएपनि लेखक प्रसादले आफूलाई सह निर्माता राख्नुपर्ने बताएपछि रोशन बाबुछोरा सहमत हुन सकेका थिएनन् ।
तर उनीहरु ठूलो रकम तिरेर यो कथा खरिद गर्न भने तयार थिए । उनीहरुबीच कुराकानी हुनै नपाई प्रसाद स्क्रिप्ट लिएर कबिर खानकोमा गए । जसले सलमान खानसँग बनाउने निर्णय गरे ।
0 comments
Write Down Your Responses