आठ वर्षअघि बालनरसिंह राणासँग मेरो मागी विवाह भएको हो। कुरा चलेको एक हप्तामै विवाह भइहाल्यो। एकअर्कालाई राम्रोसँग चिन्न पाएका थिएनौं।
विवाहको चारपाँच दिनपछि हनिमुनका लागि पोखरा गयौं तर त्यसलाई हनिमुन भनेर योजना बनाइएको थिएन।श्रीमान्का भिनाजु त्यतै हुनुहुन्थ्यो। उहाँले बोलाउनुभएर गएका थियौं।
म तीनचार महिनाको बीचमा पोखरा गइरहन्थेँ। त्यसैले विवाहलगत्तै गइहालूँजस्तो लागेको थिएन। मेरो लागि पोखरा खासै नौलो नभएकाले मलाई त्यस्तो लागेको होला। तर गएपछि रमाइलो भयो।
राम्रो अनुभव सँगाल्ने मौका मिल्यो। पहिला साथीहरूसँग जान्थेँ। श्रीमान्सँग जाँदा पोखरा नै अर्कैजस्तो लाग्यो। पहिलेभन्दा धेरै सुन्दरजस्तो अनुभूति भयो।
धेरैपटक पोखरा गए पनि सराङकोट पुगेकी थिइनँ। श्रीमान्सँग पहिलोपटक त्यहाँ पुगेँ। असाध्यै रमाइलो लाग्यो। एकअर्कासँग राम्ररी घुलमिल नभएकाले त्यो समय एकअर्कालाई चिन्न निकै राम्रो मौका साबित भयो।
एकल परिवारमा हुर्केकी मलाई संयुक्त परिवारसँग कसरी घुलमिल हुने भन्ने डर थियो तर उहाँले सबै कुरा त्यही समयमा राम्रोसँग सम्झाउनुभयो। एकअर्काको रुचिको विषय पोखरा बसाइमा थाहा पायौं।
जति खुला सोचको भए पनि नेपाली महिलामा लज्जा त हुन्छ नै। हनिमुनका बेला म पनि लजाएर धेरै खुल्न सकेकी थिइनँ। तापनि शारीरिक निकटताले आफूलाई पूर्णताको अनुभूति दिलाउँदो रहेछ।
एकअर्कालाई बुझ्दै समर्पित भएर विस्तारै नजिक हुँदाको अनुभव शब्दमा व्यक्त गर्न सकिँदैन। सायद त्यो समय नै त्यस्तो होला, सधैं नजिक बस्न मन लाग्थ्यो। फेवा ताल, बेगनास ताल, महेन्द्र गुफालगायत पोखराका विभिन्न सुन्दर स्थान घुम्यौं। सधैं गइरहेको लेकसाइड पनि उहाँसँग हुँदा बेग्लै लाग्यो।
जति खुला सोचको भए पनि नेपाली महिलामा लज्जा त हुन्छ नै। म पनि लाज लागेर धेरै खुल्न सकेकी थिइनँ। तापनि शारीरिक निकटताले आफूलाई पूर्णताको अनुभूति दिलाउँदो रहेछ।
पोखरा बसाइका बेलासम्म दुईजना एकअर्कामा राम्रोसँग खुलिसकेका थिएनौं। तापनि एकप्रकारको मीठो आकर्षण हुन्थ्यो। मनमा भएका चाहना खुलेर भन्न सकेका थिएनौं । खानामा दुवैको रुचि फरक थियो।
बरु खाना खाइनँ तर यस्तो खान्छु भनेर भन्न सकिनँ। मलाई चकलेट मन पर्छ भन्ने थाहा पाएर उहाँले धेरै चकलेट किनिदिनुभएको थियो। त्यस बेला चकलेट धेरै खाएँ। विस्तारै उहाँले यो खान्छौ, त्यो खान्छौ भन्दै सोध्न थाल्नुभयो।त्यसपछि मात्र आफूलाई मन पर्ने खानेकुराका बारेमा भन्न सकेँ।
मागी विवाह गर्ने हाम्रोजस्तो जोडीका लागि हनिमुन जानु अति जरुरी हुन्छ। एकअर्कालाई राम्ररी बुझेपछिमात्र परिवारसँग सही व्यवहार गर्न सिकिन्छ।
पोखरा बसाइका क्रममा उहाँका बारेमा धेरै कुरा थाहा भयो। मैले पनि खुल्ने मौका पाएँ। एकअर्काका बारेमा धेरै जानकारी भयो। पोखराबाट फर्केपछि परिवारमा घुलमिल हुन धेरै सजिलो भएको थियो।
एकअर्काप्रति समर्पित भएर विस्तारै नजिक हुँदाको अनुभव शब्दमा व्यक्त गर्न सकिँदैन। सायद त्यो समय नै त्यस्तो होला, सधैं नजिक बस्न मन लाग्थ्यो। गइरहेको, देखिरहेको ठाउँ पनि नौलो र विशेष लाग्थ्यो।
0 comments
Write Down Your Responses