दुबई डान्सबार नपुग्दै दिल्लीबाट २७ युवतीलाई काठमाडौं फर्काइयो
काठमाडौं : दुबई लैजाने क्रममा भारतको दिल्लीमा पुर्याइएका २७ जना युवतीलाई उद्धार गरी मंगलबार जहाजमा काठमाडौं फर्काइएको छ।
विमानस्थलबाट प्रहरीकै गाडीमा उनीहरुलाई ब्यूरोमा लगिएको छ। प्रहरी मुख्यालयका वरिष्ठ उपरीक्षक दिनेशप्रसाद गौतमले अनुसन्धान गरेर सबै कुरा बाहिर ल्याइने बताए। एसएसपी गौतम फर्केका युवतीहरुलाई रिसिभ गर्न आफै विमानस्थल पुगेका थिए।
मानव बेचबिखनमा संलग्न गिरोहले दुबई डान्स बारमा राम्रो जागिर लगाइदिने प्रलोभन दिएर ती युवतीलाई दिल्ली लगेको बुझिएको छ। दिल्लीस्थित प्रहरी र केही सामाजिक संस्थाको सहयोगमा उनीहरुलाई उद्धार गरिएको हो।
उद्धार गरेर फर्काइएका युवतीमा २० देखि ४० वर्षसम्मका छन्। ती युवतीहरुलाई भीभीआइपी गेट प्रयोग गरेर विमानस्थलबाट बाहिरि निकालिएको थियो।
0 comments
Write Down Your Responses