आन्तरिक वायुसेवाको हवाई भाडा घट्यो

१९ साउन, काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएपछि आन्तरिक वायुसेवा कम्पनीले हवाई भाडा घटाएका छन् । वायुसेवा कम्पनीले साउन २२ गतेदेखि लागू हुने गरी  हवाई भाडा घटाएका हुन् ।
वायुसेवा सञ्चालक संघको मंगलबार बसेको बैठकले हवाई भाडा घटाउने निर्णय गरेको हो । काठमाडौंबाट सबैभन्दा नजिकको गन्तव्य सिमरामा प्रतियात्रु १६८ रुपैयाँ ७५ पैसा घटाइएको छ भने सबैभन्दा टाढाको गन्तव्य धनगढीमा ५८१ रुपैयाँ २५ पैसा घटाइएको छ ।

निगमले आइतबार हवाइ इन्धन आन्तरिक उडानतर्फ प्रतिलिटर १५ रुपैयाँ घटाएर ११८ रुपैयाँ कायम गरेको छ । ‘निगमले हवाइ इन्धन घटाएपछि हामीले पनि यात्रुलाई इन्धनबापत लिइँदै आएको शुल्क कटौती गर्ने निर्णय गरेका हौं’ संघका प्रवक्ता घनश्याम आचार्यले अनलाइनखबरसँग भने ।
यसअघि निगमले हवाई इन्धनको मूल्य घटाउँदा पनि आन्तरिक वायुसेवा कम्पनीले हवाई भाडा घटाएका थिए । संघले प्रतियात्रु प्रतिमिनेटका दरले गन्तव्यका आधारमा भाडा घटबढ गर्ने प्रवक्ता आचार्यले बताए ।

,

0 comments

Write Down Your Responses