पूर्वगृहमन्त्री खड्काको निर्देशनमा सुर्खेतमा गोली चलेको खुलासा
काठमाडौं, २५ श्रावन । नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वगृहमन्त्री पूर्णबहादुर खड्काको निर्देशनमा प्रहरीले आन्दोलनकारी माथी गोली चलाएको खुलासा भएको छ । अखण्ड मध्यपश्चिमको माग गर्दै आन्दोलनमा उत्रेका स्थानीयबासीलाई खड्काको निर्देशनमा प्रहरीले गोली प्रहार गरेको थियो । प्रहरीको गोलीबाट स्थानीय टीकाराम गौतमको मृत्यु भएको छ भने, पाँच जना घाइते भएका छन् ।
खड्काको निवासमा तोडफोड हुने आशंका भएपछि मध्यपश्चिम प्रहरी प्रमुख डीआईजी केशब अधिकारीले सहमहामन्त्री खड्कासँग टेलिफोन संवाद गरेका थिए । खड्काले तोडफोडबाट घर र परिवारलाई बचाउँन गोली हान्ने आदेश दिएका थिए । तर डीआईजी अधिकारीलाई गृहमन्त्रालयले भने गोली नचलाउन निर्देशन दिएको थियो ।
गृहमन्त्रालय स्रोतका अनुसार गृहले पक्राउ र लाठी चार्चसम्मको आदेश दिएपनि गोली नै प्रहार गर्ने आदेश दिएको थिएन । तर पूर्वगृहमन्त्री समेत रहेका खड्काको निर्देशनमा प्रहरीले गोली चलाएको छ । सुर्खेतमा गोली चले लगतै खड्काले प्रहरी महानीरिक्षक उपेन्द्रकान्त अर्यालसँग भेट गरेको स्रोतले बताएको छ ।
कांग्रेस नेता तथा सभासद् हृदयराम थानीको घरमा पनि प्रर्दशनकारीले तोडफोड गरेका छन् । कांग्रेस सभासद्लाई आन्दोलनकारीले निशाना बनाएको भन्दै त्यसको सुरक्षा गर्न खड्काले आइजीपी अर्यालसँग आग्रह गरेका थिए ।
0 comments
Write Down Your Responses