नेपालविरुद्ध विश्व–११ ब्याटिङ गर्दै

काठमाडौं  : नेपालका भूकम्पपीडितहरुको सहयोगार्थ मलेसियामा च्यारिटी क्रिकेट खेल ‘ब्याट फर नेपाल’ मा विश्व–११ टस जितेर ब्याटिङमा उत्रेको छ ।


क्वालालाम्पुरमा भइरहेको खेलमा विश्व–११ का सनथ जयसुर्या ६ रनमात्र जोड्दै आउट भएका छन् । त्यसैगरी विनु गोपाल राव २३ रन जोड्दै आउट भए ।

ओपनिङमा आएका जयसूर्या आउट भएपछि अहिले विश्व–११ लागि मार्कोस स्टोइन्स र अहमद फैज ब्याटिङमा छन् । स्टोइन्स ४८ र फैज १ रन बनाएर क्रिजमा छन् ।

जयसूर्यालाई नेपालका अविनाश कर्णले पभेलियनको बाटो देखाए । विश्व ११ ले अहिले ताजा अवस्थामा १ विकेट गुमाउँदै ८ ओभरमा ८३ रन जोडेको छ ।

,

0 comments

Write Down Your Responses