सन्नी लियोनको भाउ १ दिनको २ करोड

सन्नीले हालै मात्र एक विज्ञापन फिल्ममा अभिनय गर्न बलिउडका ए लिष्टका कलाकारहरुले लिने जति पारिश्रमिक लिएकी छिन् । बताईए अनुसार सनीले
एक विज्ञापनमा अभिनय गरे वापत भा.रु. ८ करोड पारिश्रमिक लिएकी छिन् ।

सन्नीले घाँटीको समस्यासँग सम्बन्धित औषधिको विज्ञापनका लागि यति ठूलो पारिश्रमिक लिएकी हुन् । सनीले प्रति दिन दुई करोड रुपियाँका दरले चार
दिनका लागि यो रकम लिएकी हुन् ।


‘ जिस्म २’ ,‘ रागिनी एमएमएस २ ’, ‘ एक पहेली लिला ’, आदि जस्ता बलिउड चलचित्रमा अभिनय गरिसकेकी सनीले आफ्ना पछिल्ला चलचित्रहरुका लागि समेत पारिश्रमिक बढाएकी छिन् । उनको पारिश्रमिक बलिउडका महँगा अभिनेत्रीहरुकै जत्तिकै भएको पनि बताईएको छ ।


भारतीय टेलिभिजनबाट प्रसारण हुने ‘ बिग बोस ’ को पाँचौं श्रृँखलामा देखिएकी सनीले त्यसपछि बलिउड चलचित्रहरुमा अभिनय शुरु गरेकी हुन् ।

बलिउड चलचित्रमा निरन्तर अभिनय गरिरहे पनि सनीले पोर्न ( अश्लिल ) चलचित्र उद्योगसँग अझै नाता तोडेकी छैनन् ।पूर्व पोर्न स्टार भएपनि बलिउडमा स्थान पाएपछि सन्नी लियोनको भाउ निक्कै बढेको छ । नाम र दामका सन्दर्भमा पनि सन्नीको खुट्टा भुँइमा छैन । आफ्नो यही लोकप्रियतालाई पैसामा परिणत गर्न उनी सन्नी माहिर पनि छिन् ।

उनका अश्लिल चलचित्रमा अभिनय हेरेर मख्ख पर्नेमा भारतीय दर्शकमात्र होईन बलिउड निर्माता तथा निर्देशकहरु पनि छन् जसका कारण उनीहरु सनीलाई मागे जति पारिश्रमिक दिन तयार हुन्छन् ।

,

0 comments

Write Down Your Responses