अब वैदेशीक रोजगारमा मलेसिया जान बन्द

April 17, 2015
काठमाडौं । सरकारले नेपाली कामदारको पहिलो श्रम गन्तव्य बन्दै आएको मलेसिया जान रोक लगाउने तयारी गरेको छ ।
मलेसियामा पछिल्लो समय नेपालीले दुःख पाउने र त्यहाँका जेल तथा घरफिर्ती केन्द्रमा समेत बेइज्जतीपूर्ण यातना दिने गरिएको सार्वजनिक भएपछि यस्तो तयारी गरिएको हो।

यसका लागि मलेसिया सरकारसँग पत्राचार भइसकेको श्रम तथा रोजगार मन्त्रालय स्रोतले जानकारी दियो। श्रम तथा रोजगार सचिव भोलाप्रसाद सिवाकोटीले वैदेशिक रोजगारका गन्तव्यमध्ये मलेसियामा सबैभन्दा बढी समस्या देखापरेकाले बन्द गर्ने तयारी भइरहेको बताए।
उनका अनुसार निःशुल्क टिकट र भिसा आएकामा बाहेक अन्य तरिकाले कामदार पठाउन रोकिनेछ।
‘मलेसियामा कम पारिश्रमिकमा बढी काम गर्नुपरेको गुनासो आइरहेको छ, त्यहाँका जेल र घरफिर्ती केन्द्रमा बेइज्जतीपूर्ण यातना दिने गरिएको पनि सुनिन्छ’,उनले भने, ‘केही महिनाका लागि मलेसियामा नेपाली कामदार पठाउन बन्द गरेर समस्या समाधानका लागि कूटनीतिक पहल गरिनेछ।’
श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले पनि मलेसिया गएका नेपाली कामदारले दिनहुँ समस्या भोग्नुपरेकाले बन्द गर्न लागिएको बताए।
‘कामदारले सम्झौताअनुसार सेवासुविधा पाइरहेका छैनन्, जेल र घरफिर्ती केन्द्रमा यातना दिने गरेको सुनिन्छ’, उनले  भने, ‘अहिलेलाई निःशुल्क टिकट र भिसामा बाहेक अन्य रूपमा मलेसिया पठाउन बन्द गर्न लागेका हौं।’
नेपाली कामदारले दुःख पाउनुमा पठाउने म्यानपावर र त्यहाँका रोजगारदाता कम्पनी दुवै उत्तिकै जिम्मेवार रहेको मन्त्रालयको विश्लेषण छ ।
कामदार अलपत्र परे वा दुःख पाए त्यहाँको रोजगारदाता कम्पनीले जिम्मेवारी लिँदैन। यति मात्र होइन, पछिल्लो समय मलेसियाबाट निःशुल्क टिकट र भिसा आइरहेकाले कामदारहरू पैसा खर्च नगरी जान पाउने अवस्था छ ।
म्यानपावर कम्पनीहरूले भने आफूखुसी डेढ लाख रुपैयाँसम्म असुल्ने गरेका छन्। त्यसबापत ८० हजारको मात्र भौचर दिने गरिएको छ। आजको नागरिकमा समाचार छ ।

1 comments

thik gareko jasto lagchha malai kinavane maile yii sabai kura haru vogeko chhu, Nepal bata manpower le 1,80,000 liyo ani vaucher ma chai 80,000 lekheko paaye. Nepal bata pahilo choti bidesh aaye malaysia, malaysia ko airport ma Malay police haru ko yatana le nai dikka vaye, ghar ko dherai yaaad aauthyo, company ko manchhey haru aaye 8 hours paxi hostel ma lagiyo 1 month chiso bhuii ma ni sutiyo, Company aaye vaneko jasto salay chhaina basic 9,00 rm tesma ni hostel charge, monthly levy, khana kharcha , paani ani bijuli ko paisa tirda 4,00rm joginthyo. Dherai pachhutayeko chhu malaysia aayera. Nepal Embassy chhan tara tyo Embassy Nepali haruko laagi haina Ghuss khana Malay ko support ko laagi matra haami ta tuhuro hau.... bahira niskyau vane tamil ani malay ko lutai Esto jindagi chha hamro teii vayera mikchha vane Malaysia koi pani na aaunu hola.

Write Down Your Responses