तान्त्रिक ज्योतिष विहंगमराज भन्छन्, ‘हेर्दै जानुस्, अबका राष्ट्रपति छविलाल हुन्’

काठमाडौं, ३ साउन । तान्त्रिक ज्योतिष विहंगमराज तिमल्सेनाले गरेका भविष्यवाणी मिल्ने गरेका छन् । उनमा भरपुर मिडिया–क्रेज छ, किनभने उनी आफूले गरेका प्रायः भविष्यवाणी सञ्चारमाध्यममार्फत सार्वजनिक गर्न रुचाउँछन् । दोस्रो संविधानसभा निर्वाचन आउँदै गर्दा उनले गरेको भविष्यवाणी गलत भएन ।
सौर्य दैनिकले अगाडि लेख्छ, समाजका चर्चितदेखि सामान्य मान्छेसम्म र देशको कुण्डली पनि हेर्छन्, उनी । उनलार्ई देश र नेताहरूको कुण्डली हेर्न विशेष जाँगर चल्छ । अब मुलुक कता जान्छ रु कस्तो छ भविष्य रु जान्न आफैँ पल्टाउँछन् कुण्डली, ‘मलाई पनि यो देशको चिन्ता छ । त्यसैले कसैले भनिरहनु पर्दैन, आफैँ हेर्छु बेला–बेला जन्मभूमि र नेताहरूको कुण्डली ।’

समय चक्रको फेरमा यतिबेला फेरि चर्चामा छन् उनै तान्त्रिक ज्योतिष तिमल्सेना । मुलुक लोकतन्त्रात्मक नयाँ संघीय गणतान्त्रिक संविधान निर्माणको दिशामा अघि बढिरहेका बेला तिमल्सेनाले मुख्य नेताहरू र पार्टीलार्ई आध्यात्मिक रूपमा समस्या सुल्झाउन सुझाव दिएका छन् ।
नेताहरूले बेलैमा ‘दशमहाविद्याको शरणमा गएर विधि पूरा गर्ने हो भने देशले संकटबाट उन्मुक्ति पाउने’ तिमल्सेनाको ठहर छ । देश अहिले पनि पूर्ण रूपमा संकटमुक्त नभएको र नेताहरू आ–आफ्नै तालमा लाग्ने हो भने मुलुक अझ बढी संकटमा फस्ने उनको अध्यनले देखाएको उनी अडानका साथ बताउँछन् ।
यतिबेला तिमल्सेनाको सबैभन्दा ठूलो भविष्यवाणी मुलुकको आगामी राष्ट्रपति को हुने भन्ने सवालमा छ । राष्ट्रपतिको सवालमा तिमल्सेना भन्छन्, ‘देशको र प्रमुख नेताहरूको ग्रह, लग्न, राशि आदि हेर्दा यो मुलुकमा अब राष्ट्रपति हुने पालो छविलाल (प्रचण्ड) को छ । उनको ग्रह यतिबेला सबैको भन्दा बलियो छ । उनका अगाडि अरू नेताको ग्रह राम्रो छैन ।’
नेताहरू सकारात्मक हुनुपर्छ । सबैभन्दा पहिला देशको संकट कसरी मोचन गर्ने भन्नेमा ध्यान दिनुपर्छ । ‘देशको पहिलो राष्ट्रपति हुन तयार भएका छविलाल आफ्नै ग्रहका कारण हुन नसकेको’ ज्यातिष तिमल्सेनाको ठहर छ । ग्रह बलियो नभएको बेला बल गरेर मात्र पद प्राप्त गर्न नसकिने उनको भनाइ छ ।
अहिले छविलालको ग्रह बलियो रहेको उनको भनाइ छ । बेला–बेला देशको शासन कसको हातमा जान्छ भनेर भविष्यवाणी गर्ने तिमल्सेनाका अहिलेसम्मका भविष्यवाणी प्रायः पूरा भएका छन् ।
पार्टीका प्रमुख नेता, पत्रकार, व्यापारी, डाक्टरजस्ता महत्वपूर्ण व्यक्तित्व आ–आफ्ना समस्या लिएर उनकोमा जान्छन् । धेरैको भविष्य, वर्तमान र भूत बताउने उनी समस्यासँगै समाधानको उपाय पनि देखाउँछन् । धेरैजसो समस्या तान्त्रिक विधिबाट सुल्झाएका छन् उनले । उनका भक्तहरू देश विदेशमा धेरै छन् । स्काइप, टेलिफोन र च्याटमार्फत पनि उनी भक्तहरूको समस्या समाधान गर्छन् ।
अध्यात्मको सबैभन्दा ठूलो विधि दशमहाविद्यालार्ई मान्छन् तान्त्रिक ज्योतिष तिमल्सेना । उनको भनाइमा, यो विधि र यसको मन्त्रले मान्छे करेन्ट लागेर तरंगित भएजस्तै तरंगित हुने गर्दछ । यो विधि गर्ने जो कोहीले आफ्ना समस्याबाट उन्मुक्ति पाउने उनको ठोकुवा छ । तान्त्रिक विधिलाई विज्ञानको रूप मान्ने तिमल्सेना जो कोहीलाई यसको आवश्यकता रहेको ठान्छन् ।
‘विश्वका चर्चित नेता, व्यापारी, डाक्टर, वकिल जस्ता व्यक्तित्वहरू अध्यात्ममा विश्वास गर्छन् । नेपालका नेताहरू मनले माने पनि देखाउनका लागि अध्यात्मदेखि टाढा भएको ढ्वाङ गर्छन्, ।’ भारतको उदाहरण दिँदै तिमल्सेनाले भने, ‘संसद्मा गाडी कहाँ राख्ने रु सभामुख, उपसभामुखजस्ता महत्वपूर्ण नेताहरूको गाडी कता फर्काएर राख्ने रु जस्ता कुरामा वास्तुशास्त्र र तान्त्रिक विधि हेरिन्छ ।नेपालमा भने एक त विश्वास गर्न गाह्रो, गरी हाले पनि अरूमार्फत वा सुटुक्क हेर्ने हेराउने र विधि पूरा गर्ने प्रयास हुन्छ ।’
सुटुक्क ज्योतिषकहाँ धाउने नेताहरूलाई तिमल्सेनाको सुझाव छ, ‘यदि मन पवित्र छ र आस्थाले आउने भए ढुक्कसँग आउँदा हुन्छ । मान्छेले जीवनमा सफलता प्राप्त गर्न अध्यात्म र भौतिकवादलाई समन्वय गरेर अघि बढ्नुपर्ने हुन्छ ।’
वर्तमान सरकारका प्रमुख सुशील कोइरालाको ग्रह दश ठीक नभएको तिमल्सेनाको ठम्याइ छ । ‘सुशील कोइरालाको ग्रहकै कारण उनलार्ई आफ्नै पार्टी र आफूनजिकका मान्छेले खुलेर साथ दिएका छैनन् । यो सबै उनको ग्रह र दशाका कारणले हो । यही अवस्थामा अघि जाने हो भने सुशीलको सरकारले संविधान जारी गर्ने अवस्था छैन ।’

‘समस्या आयो भने त्यसको समाधानको बाटो पहिल्याएर उपचार गर्नुपर्छ । अहिले पनि केही बिग्रिएको छैन । उनले निशंकोच भएर दशमहाविद्या गराउने हो भने केही आशा गर्न सकिन्छ । शरीरमा रोग लाग्यो भने पहिला रोगको पहिचान गर्नुपर्छ, त्यसपछि उपचारको बाटो खोज्ने हो । यतिबेला सरकार केही गर्न खोज्छ तर उसको अगाडि ग्रहले समस्या तेस्र्याएको हुन्छ । हामी समस्या र समाधानको बाटो देखाइदिने हो । सरकारमा बस्ने र उनका नजिक भएकाले समाधानको बाटो खोज्नुपर्छ ।’
नेपालका प्रमुख नेता, व्यापारी, उद्योगपति जस्ता महत्वपूर्ण व्यक्ति अधिकांशले तान्त्रिक विधि र अध्यात्मको प्रत्यक्ष वा अप्रत्यक्ष विश्वास गर्ने गरेको उनै तिमल्सेनाको अनुभव छ ।
अनि उनको अनुभव यसरी बोल्छ– कोही खुला रूपमा आउँछन् र आफ्ना समस्या समाधान गरेर जान्छन् । कोही आउँछन् आफ्ना समस्याको पहिचान गराउन तर समाधानको बाटो खोज्ने बेला कसैले थाहा पाउँछ कि भनेर डराउँछन् । समाजमा नराम्रो काम गर्न डराउनुपर्छ, यो एक प्रकारले रोगको समाधान गरेजस्तै हो । किन डराउने रु समाजमा केही प्रभावशाली काम गर्नेले कर्मसँगै अध्यात्ममा विश्वास गर्नुपर्ने उनको धारणा छ ।
‘कोहीसँग नडराउने मान्छे भगवान्सँग डराउँछ । त्यो अध्यात्मप्रतिको आस्था हो । आस्था छ भने मनैदेखि विश्वास गर्नुपर्छ । धुकचुक भएर केही गर्न सकिँदैन,’ तान्त्रिक ज्योतिष तिमल्सेनाको आध्यात्मिक तर व्यावहारिक ठहर छ ।
(ज्योतिष एवं तान्त्रिक गुरू विहंगमराज तिमल्सेना संग, ९८४१३१४१२० मा सम्पर्क गर्न सकिन्छ ।)
dainiknepal.com

,

0 comments

Write Down Your Responses