जब सुटिङस्थलमै हिरोइनको नाङ्गो भिडियो खिचियो

मुम्बई । कलाकारले कथाले मागेजस्तो अभिनय गर्नुपर्छ । कहि रुनुपर्छ त कही हास्नुपर्छ भने कही विकनी लगाउनुपर्छ त कही साधारण लुगामा देखिनुपर्छ । यो नै कलाकारको धर्म हो । कर्तव्य हो । यही कर्तव्य निभाउने क्रममा फिल्म सुटिङका लागि गएकी एक हिरोइनको नाङ्गो भिडियो खिचिएको छ ।

फिल्मको सुटिङ सकिएपछि लुगा फेर्न चेञ्जीङ रुममा आएकी हिरोइनको नाङ्गो भिडियो खिचिएको हो । सुटिङमा अलग अलग पहिरनमा देखिनुपर्ने भएकाले हिरोइनका लागि सुटिङ स्थल नजिकै चेञ्जीङ रुमको व्यवस्था गरिएको थियो जहाँ एउटा अलग्गै क्यामेरा जडान गरिएको थियो । जसले हिरोइनका गोप्य अंग देखिने गरी भिडियो खिच्थ्यो । यो घटना तब बाहिर आयो जब हिरोइनले सुटिङको पाँचौं दिन लुगा चेञ्ज गर्दा क्यामेरा देखिन । यी टेलिभिजन अभिनेत्रीलाई थाहा भयो उनको लुगा फेर्ने कोठामा क्यामेरा छ तब उनको होसै उड्यो । उनले क्यामेरा निकालेर हेर्दा उनका सबै गोप्य अंग देखिने दृश्य रेकर्ड गरिएको पाइयो । त्यसलगत्तै हिरोइनले शुटिङ युनिटलाई जानकारी दिईन् । शुटिङ युनिटले अनुसन्धान गर्दा टेलिभिजन कार्यक्रमका कस्टम डिजाईनरले भिडियो खिच्ने गरेको पाइएको छ । त्यो कुरा पत्ता लागेपछि टेलिभिजन कार्यक्रमकी अभिनेत्रीले २४ वर्षीय कस्टम डिजाइनर अब्दुल कय्यूम अन्सारीलाई प्रहरीको जिम्मा लगाएकी छिन् । आफ्नो भिडियो क्यामेरामा रेकर्ड भएपछि उनी निकै आत्तिएकी छिन् । उक्त भिडियो सार्वजनिक भएको समाचार आएको छैन् । एजेन्सी

,

0 comments

Write Down Your Responses