feature,
rochak
»
ट्याक्सीले ढाकियो रिंगरोडको सडक : राजधानीमा ट्याक्सी ठप्प
ट्याक्सीले ढाकियो रिंगरोडको सडक : राजधानीमा ट्याक्सी ठप्प
काठमाडौं, साउन २४ – भूकम्पपीडितका नाममा नयाँ ट्याक्सी भित्राउन लागेको भन्दै आन्दोलित भएका ट्याक्सी ब्यवसायीहरुले आइतबारदेखि ट्याक्सी सञ्चालन ठप्प पारेका छन् । चौंथो चरणको आन्दोलनस्वरुप व्यवसायीहरुले ट्याक्सी सञ्चालन ठप्प पारेका हुन् ।
आइतबार बिहानैदेखि ट्याक्सी नचलाउने उद्घोष गरेका व्यसायीहरुले फाट्टफुट्ट चलेका ट्याक्सीबाट पनि यात्रुहरु ओरालेर चल्न दिएनन् । अहिले उनीहरु एकान्तकुनामा रहेको यातायात व्यवस्था कार्यालय अगाडि सबै ट्याक्सी जम्मा गरेर धर्नामा बसेका छन् । त्यहीँ पाल टाँगेर ट्याक्सी व्यवसायीका नेताहरुले भाषण समेत गरिरहेका छन् । त्यही पाल मुनी अब उनीहरुले रिले अनसन बस्ने जानकारी दिए ।
0 comments
Write Down Your Responses