बलिउडका फिल्महरुमा बोल्ड दृश्यहरु बढ्दै गएको छ। फिल्मलाई व्यापारिक दृष्टीमा फाइदाजनक रहने भएकाले ‘बेड सिन’ तथा ‘किस’ बलिउडका फिल्महरुमा सामान्य बन्दै गएका छन्। नायक तथा नायिका क्यामेराको अघि सजिलै लुगा खोल्न तयार हुन्छन्। पुरै चलचित्र उद्योग नै अश्लितता तर्फ बढ्दै छ।
तर केही बलिउड सेलेब्रेटीहरुलाई ‘बोल्ड सिन’ दिन कुनै इच्छा छैन। बलिउडमा फिल्म कन्ट्र्याक्ट गर्ने बेलानै ‘किस’ नगर्ने बुदाँमा हस्ताक्षर गर्ने सेलेब्रेटिहरु पनि प्रसस्तै छन।
महिरा खान
बद्लापुर, ग्याङ्स अफ वासेपुर जस्ता फिल्मबाट नवाजुद्धिन सिद्दीकीले बलिउडमा राम्रै छाप छोडेका छन्। तथापि एक नायिका छिन् जसले नवाजुद्धिन संग ‘बोल्ड सिन’ दिन इन्कार गरिन। यी नायिका पाकिस्तानी हुन, महिरा खान, जसले बलिउडको पहिलो फिल्म खेल्दैछिन ‘रइस’। फिल्ममा शाहरुख खानले पनि अभिनय गरेका छन्।
यहि फिल्मको सुटिङको क्रममा एक बोल्ड सिनको लागि नवाजुद्धिन र महिरा व्यस्त थिए। नवाजुद्धिनको अस्वभाविक कार्यले महिराले निकै असहज महसुस गरिन। ‘बेड सेक्स’ दृश्यको लागि सो सुटिङ भइरहेको थियो। निकै असहजता महसुस भएपछि महिराले त्यस्तो सिन खेल्न नसक्ने भन्दै इन्कार गरेकी थिइन।
जोन अब्राहम
पहिलो पटक संगै फिल्म खेल्ने अवसर जुरेको थियो जोनलाई श्रुती हस्सनसंग। तर ‘किस सिन’ को लागि जोनले श्रुतीको ओठ छुन चाहेनन्। जोनले पहिलो पटक भएकाले पनि असहज महुसस गरेका होलान। ”किस सिन’ नभएपनि रोमान्टिक गित राख्ने निर्णयमा पुगेको फिल्मका निर्देशक अनिस बाज्मेले बताएका थिए।
अलि जफर
बलिउडमा फिल्म खेल्नु अघिनै गरिने कन्ट्र्याक्माट अलिले ‘किस नगर्ने बुँदा’ थप्ने गरेका छन। ‘लण्डन पेरिस न्युयोर्क’ फिल्मको कथाले भने ‘किस’ मागेकाले उनको सट्टा अर्को व्यक्तिलाई ‘किस’ गर्न लगाइएको थियो। उनी भन्छन्, ‘पाकिस्तानमा मलाई के सोच्लान भन्ने सोच्छु, त्यसैले पनि किस सिन क्यामेरामा कैद गर्ने मेरो मनसाय छैन।’
शाहिद कपुर
भर्खरै मिरा राजपुतसंग विवाह बन्धनमा बाँधिएका शाहिद कपुरले आउँदो फिल्म खेल्दा ‘किस नगर्ने’ कन्ट्र्याक्ट गर्नसक्ने अनुमान लगाइन्छ। विवाह अगाडी उनलाई यस्ता दृष्य कैद गराउन कुनै ठुलोकुरा थिएन। शाहिद सायद सोनाक्षी सिन्हा, सलमान खान जस्तै किसको दृश्य दिन नचाहने तर हट दृष्यको लागि भने तयार हुने अनुमान गरिएको छ।
सोनाक्षी सिन्हा
सोनाक्षी सिन्हा कन्ट्याक्ट मा ‘किस नगर्ने’ र ‘बिकिनी’ नलगाउने बुँदामा हस्ताक्षर गर्ने नायिका पर्छिन। उनी भन्छिन, ‘निर्देशकलाई फिल्ममा यस्ता बोल्ड सिन चाहिएमा अन्य नायिका छान्न सक्छन्। मलाई केही आफ्नो निर्यण ठिक लाग्छ जसमा क्यामेराको अगाडी किस सिन र बिकिनी लुगामा देखापर्ने पर्दैन। यी काम मलाई असजिलो लाग्छ, मलाई कुनै रहर पनि छैन।’
0 comments
Write Down Your Responses