म्यानचेस्टर युनाईटेडले गर्‍यो विजयी सुरुआत, चेल्सीलाई झट्का

काठमाडौं, श्रावण २४ । उपाधि दावेदार म्यानचेस्टर युनाईटेडले नयाँ सिजनको इङ्लिस प्रिमियर लिग फुटबलमा विजयी सुरुआत गरेको छ ।

इङ्ल्यान्डमा शनिबार सुरु भएको प्रतियोगिताको पहिलो खेलमा म्यान्चेस्टर युनाइटेडले टोटनह्याम हट्सपरलाई १–० ले हरायो ।
टोटनह्यामका कायल वाल्करले आत्मघाती गोल गरेपछि लुईस भान हालको टोली म्यानचेस्टर युनाईटेडले सुखद् सुरुवात गरेको हो ।
उता साविक विजेता चेल्सीलाई भने पहिलो खेलमै झड्का लागेको छ । जोजे मौरीन्होको चेल्सीलाई स्वान्सी सिटीले २–२ गोलको बराबरीमा रोकेको हो ।
शनिबार राती भएको अर्को खेलमा एभर्टनलाई वाट्फोर्डले पनि २–२ गोलको बराबरीमै रोकेको छ ।
यसैगरी लेष्टर सिटीले सण्डरल्याण्डलाई ४–२ ले पराजित गर्दा एस्टन भिल्लाले बर्नमाउथलाई १–० ले तथा क्रिष्टल प्यालेसले नर्वीच सिटीलाई ३–१ ले हराएका छन् ।
इङ्लिस प्रियिमर लिग फुटबलमा आइतबार बेलुकी तीन खेल हुनेछन् ।
आइतबार आर्सनल र वेष्ट ह्याम युनाईटेड, लिभरपुल र स्टोक सिटी तथा न्यूकासल युनाईटेड र साउथह्याम्पटन भिड्नेछन् ।

,

0 comments

Write Down Your Responses