शिशुलाई मालिस

काठमाडौं, श्रावण २३ - नौ महिनासम्म गर्भमा रहेर जन्मेको शिशु बाहिरी वातावरणसाग घुलमिल हुन सकोस भनेर तेल मालिस गर्ने चलन छ । यसका लागि संस्कृति अनुसार विभिन्न तेल प्रयोग गरिन्छ । नेपालमा प्राय: भुटेको तोरीको तेल प्रचलनमा छ । शिशु जन्मेदेखि एकदुई महिनासम्म प्राय: सबै समुदायमा तेल मालिस गर्ने चलन छ ।


नेवार समुदायमा यसलाई विशेष महत्व दिइन्छ । घरका हजुरआमा वा परिपक्व महिलाले बच्चालाई तेल लगाउने गर्छन् । यही कामका लागि पैसा तिरेर बाह्य व्यक्ति राख्ने समेत गरिन्छ । नवजात शिशुलाई मात्र होइन जन्म दिने आमालाई पनि कम्तिमा एक महिनासम्म बिहान र बेलुका तेल मालिस गरिन्छ ।

मालिसले शिशुको शारिरिक तन्दुरुस्ती मात्र होइन बाह्य सुन्दरता बढाउन पनि मद्दत गर्छ । यसक्रममा विशेष गरी टाउकोलाई गोलो बनाउने, नाक र हातखुट्टाका औंलाहरू मिलाउने गरिन्छ । शिशुलाई तेल लगाउँदा चिसो लाग्ने र अन्य घाउ, खटिरा आउने सम्भावना पनि कम हुन्छ । घाममा वा आगोको नजिक राखेर मालिस गर्ने चलन बढी छ ।

मालिस खुट्टाबाट शुरु गरेर हात, ढाड, छाती गरी बाह्य अंगहरुमा गरिन्छ । यसले छाला राम्रो र हातखुट्टा बलियो हुने, भोक जगाउन, निद्रा लगाउन मद्दत गर्छ ।

,

0 comments

Write Down Your Responses