मनीषाको श्यामश्वेत चेहरे

काठमाडौ, श्रावण २४ - वैवाहिक खटपटपछि लामो समय बलिउडबाट ओझेल परेकी मनीषा कोइराला सम्बन्धविच्छेदसँगै पुन: फर्किइन्। उनका हितैषी निर्देशक रामगोपाल बर्माले मनीषालाई फिल्म ‘भूत रिटर्नस्’ बाट रिटर्न गराउन खोजेको प्रयास बक्सअफिसमा असफल सिद्ध भएको थियो। त्यसपछि मनीषा पुन: ओझेल परिन्। क्यान्सरका कारण पनि केही समय बलिउडबाट बेपत्ता भइन्। यति बेला केही दक्षिण भारतीय फिल्ममा काम थालेकी उनको शनिबार नयाँ फिल्म ‘चेहरे’ को ट्रिजर आएको छ।


ब्ल्याक एन्ड हाइट उक्त फिल्मलाई पनि यति बेला मनीषाको कमब्याकका रूपमा हेरिएको छ। जुन फिल्ममा मनीषा ज्याकी श्राफसँगै देखिनेछिन्। फिल्म ३०, ४० र ५० को दशकको समयलाई आधार मानि कथा वाचन गरिएको छ। जुन बेला फिल्ममा अहिलेको जस्तो स्टारडम वा अनुहार बिक्ने बेला थिएन र फिल्म पनि रंगीन भइसकेको थिएन। त्यसैले पनि मनीषाले हरेक मुहारको भूमिका गरेको बताइएको छ। रोहित कौशिकको निर्देशन रहेको फिल्ममा ज्याक्कीसहित उनका अर्का हितैषी मानिने गुलसन ग्रोबर, ऋषिता भट्ट, दिव्या दत्त पनि मनीषासँगै देखिनेछन्।

पुरानो दिनको याद गराउनका लागि फिल्मको अधिक भागलाई श्यामश्वेतमा खिचिएको बताइएको छ। केही महिनाअघि दक्षिण भारतीय फिल्म ‘गेम’ कै सुटिङ सकाएकी मनीषा यति बेला तामिल/कन्नड फिल्म ‘ओरु मेलिया कोडू’ को छायांकनमा पनि व्यस्त छिन्। महाभूकम्पका बेला नेपाल आएकी मनीषा अहिले भने काममा फर्किसकेकी छन्।

,

0 comments

Write Down Your Responses