'मंगल ग्रहमा गंगटो र महिला'


एजेन्सी : अहिलेको सामाजिक सञ्जालको युगमा यदि तपार्इंलार्इ भुसको थुप्रोमा सियो खोज्नु छ भने तिलको पहाड बनाउनुपर्छ ।  अहिलेको जमाना भनेको तिललार्इ पहाड बनाउनेहरुकै हो ।

केही दिनयता सामाजिक सञ्जलामा अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) ले सार्वजनिक गरेका तस्बिरले फरक रुपमा चर्चा बटुलिरहेका छन् । नासाले अन्तरिक्षबाट खिचेका तस्बिरको अध्ययन गरेर केही वैज्ञानिकहरुले मंगल ग्रहमा महिला र गंगटो भेटिएको दाबी गरेपछि ती तस्बिर सामाजिक सञ्जालमा भाइरल भएका हुन् ।

लामो समय अध्ययन गरेर वैज्ञानिकहरुले मंगल ग्रहमा जीवको बसोबास हुनसक्ने बताएपनि अहिलेसम्म जीवित प्राणी फेला पार्न सकेका थिएनन् ।

यो तस्बिरलार्इ ठूलो बनाएर हेर्न यहाँ क्लिक गर्नुहोस्
केही वैज्ञानिकहरुले मंगल ग्रहमा महिला र गंगटो भेटिएको दाबी गरेपछि सामाजिक सञ्जालका प्रयोगकर्ता पनि विश्वस्त हुन पुगेका छन् । वैज्ञानिकहरुले मंगल ग्रहमा महिला शुक्र ग्रहबाट आएको दाबी गरेका छन् ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको क्युरियोसिटी रोवटले खिचेको दुर्इ तस्बिर अहिले सामाजिक सञ्जालमा चर्चित भइरहेका छन् । तिनै तस्बिरका आधारमा मंगल ग्रहमा मानिस र गंगटो रहेको अनुमानमाथि बहस शुरु भएको हो ।


पहिलो तस्बिरमा मंगल ग्रहको चट्टानमा गंगटोको आकारको एउटा आकृति देख्न सकिन्छ । यही तस्बिरका आधारमा सामाजिक सञ्जालका प्रयोगकर्ताले मंगल ग्रहमा पशु जीवन भेटिएको खबर फैल्याएका थिए ।

सामाजिक सञ्जालका प्रयोगकर्ताले मंगल ग्रहको सतहको अर्को तस्बिरमा गंगटो भेटिएको भन्दा चाखलाग्दो तथ्य भेट्टाएका छन् । त्यो तस्बिरमा प्रष्टसँग मंगल ग्रहको सतहमा महिला उभिएको देखिएको जनाएका छन् ।


यो तस्बिरलार्इ ठूलो पारेर हेर्न यहाँ क्लिक गर्नुहोस्
जसलार्इ अन्य केही मानिसले भने महिलाको भुतको रुपमा पनि ब्याख्या गर्न भ्याए । सामाजिक सञ्जालका प्रयोगकर्ता र केही वैज्ञानिकले ती महिलाको छाती र पाखुरासमेत प्रष्टसँग देखिएको बताएका छन् ।

नासाले भने अहिलेसम्म यी तस्बिरमा देखिएका आकृतिबारे मुख खोलेको छैन । सामाजिक सञ्जालमा यी तस्बिरबारे विभिन्न अड्कलबाजी भइरहँदा नासाको तर्फबाट आधिकारिक पुग्टि भएपछिमात्रै यी आकृतिको सत्यता पत्ता लाग्नेछ ।

,

0 comments

Write Down Your Responses