लाङटाङमा बेपत्ता भएका मध्ये १७ जनाको कंकाल देखियो

रसुवा, श्रावण २३ । गत वैशाख १२ गते गएको भूकम्प र त्यसपछिका पराकम्पनका कारण गएको हिमपहिरोका कारण रसुवाको लाङटाङमा बेपत्ता भएकाहरुको शव फेला पर्ने क्रम अझै जारी छ ।
तर फेला परेका कंकाल मृतकका आफन्तसम्म पुर्‍याउन कठिनाई भएको छ । प्रतिकुल मौसमका कारण हेलिकोप्टर उडान गर्न नसक्दा कंकाल देखिए पनि संकलनमा कठिनाई भएको रसुवाका प्रहरी नायब उपरीक्षक प्रविण पोख्रेलले बताए ।

भूकम्प र त्यसपछिका पराकम्पनका कारण रसुवाको लाङटाङमा गएको हिम पहिरोले बेपत्ता हुने मध्ये अहिले १७ वटा मानव कंकाल पहिरोमा देखिएका छन् ।
पहिले खोजी गर्दा नभेटिएका शव हिउँ पग्लिएसँगै अहिले यत्रतत्र देखिएको स्थानीयबासीले जानकारी दिएको पोख्रेलले बताए ।
मौसममा सुधार आएमा डिएनए परीक्षण गरि कंकाल मृतकका आफन्तलाई बुझाउन सकिने उनको भनाई छ ।
रसुवामा भूकम्पपछि आएको हिम पहिरो र सुख्खा पहिरोबाट १ सय ३४ जना हराइरहेका छन् । त्यस मध्ये १ सय ५ जना लाङटाङ क्षेत्रमा मात्र हराएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

,

0 comments

Write Down Your Responses