प्रियंका चोपडाका ६ रोचक रहस्य

प्रियंका चोपडा बलिउड अभिनेत्रीकोरुपमा मात्र होइन पूर्व विश्व सुन्दरीकोरुपमा पनि संसार चर्चित छिन् । उनले पछिल्लो समयमा गीत गाएर गायिकाको समेत परिचय बनाइसकेकी छिन् । उनले निकालेका २ वटै गीत र भिडियो संसारभरी चर्चित बने ।

एसियाकै सेक्सिएष्ट अर्थात सबैभन्दा कामूक महिला समेत घोषणा भएकी प्रियंकाले आफ्ना बारेमा ८६रोचक रहस्य सार्वजनिक गरेकी छिन् । कलर्स टेलिभिजनको चर्चित शो द अनुपम खेर शोमा प्रियंकाले आफ्ना केही गोप्य र रोचक रहस्य खोलेकी हुन् ।


१ रगत देखेर बेहोस

प्रियंका इन्जिनियर बन्न चाहन्थिन् बाबु डाक्टर, आमा पनि मेडिकल लाइनकै भए पनि प्रियंका इन्जिनियर बन्न चाहन्थिन् । बाबुआमाले डाक्टर बन्न प्रेरित गर्ने गरेको भए पनि आफूलाई रगत र चिरफारदेखि निकै डर लाग्ने भएकाले डाक्टरी लाइनतिर नगएको उनी बताउँछिन् । उनी किशोर अवस्थासम्म रगत देखे बेहोस हुने गर्दथिन् । त्यसकारण डाक्टर बनाउने बाबुआमाको चाहना उनले पूरा गर्न पाइनन् । इन्जिनियर पनि बनिनन् ।

२ पिता जस्तै पति

प्रियंकालाई आफ्नो पति पिता जस्तो होस भन्ने चाहाना छ । प्रियंका आफ्नो जीवनसाथी आफ्नो बाबुजस्तो फन्नी र चार्मिङ होस् भन्ने चाहन्छिन् । बाबु सधैँ हँसिमजाक गर्ने, खुसी रहने र औधी माया गर्ने भएकाले आफूले पनि आफ्नो पतिमा बाबुकै गुण खोजेको प्रियंकाले बताएकी छिन् ।



३ बच्चै देखि जिद्दी

प्रियंकाले आफू बच्चैदेखि जिद्दी आफू जिद्दी स्वभावकी भएको र अहिले पनि त्यो बानी नहटेको बताएकी छिन् । आफूलाई चित्त नबुझे ‘नो’ भनिहाल्ने उनको बानी छ । आफ्नो यस्तो जिद्दी स्वभावले कतिपय काम र सम्बन्धमा बाधा पुर्‍याएको उनको मूल्यांकन छ । सात वर्षसम्म परिवारमा एक्ली छोरी भएकाले पनि घरमा सधैँ उनकै हैकम चल्ने गरेको थियो ।


४ पाहुनाको क्यारिकेचर

चुलबुले प्रियंकाले आफ्नो घरमा आएका पाहुनाको क्यारिकेचर गर्छिन् रे । अरूको क्यारिकेचर गर्नाले अभिनेत्री बन्न मद्दत गरेको उनको ठम्याइ छ । फिल्म अभिनयमा प्रवेश गरेपछि पनि हरेक कुरा सिक्ने इच्छा प्रबल बनाइन् । उनलाई क्यारिकेचरले अभिनयमा समेत मद्धत गर्‍यो ।

५ अक्षय कुमार र अमिताभ बच्चन गुरु

प्रियंकाले सधैँ समयमा उपस्थित हुने र समयमै काम गर्ने कुरा अभिनेता अक्षयकुमारबाट सिकेको उनी बताउँछिन् । त्यस्तै आफूलाई कसरी प्रस्तुत गर्ने भन्ने कुरा चाँहि अमिताभ बच्चनबाट सिकेको प्रियंका बताउँछिन् । मिस वर्ल्डको उपाधि जितेपछि प्रियंकालाई बल्ल ‘यहाँ जतिवेला जे पनि हुन सक्छ’ भन्ने लागेछ ।


६ असफलता दुष्मन
प्रियंका भन्छिन- असफल हुन चाहन्नँ । उनी असफलतालाई दुस्मन ठान्छिन् । ‘म सधैँ सफल हुन चाहन्छु । त्यसैले म असफलतालाई दुस्मन ठान्छु,’ उनी भन्छिन्, ‘अहिलेसम्म म आफ्नो लक्ष्यमा कहिल्यै असफल भएकी छैन र जुनसुकै हालतमा पनि मलाई जित्नैपर्छ ।’

,

0 comments

Write Down Your Responses