क्यानडामा महिलाहरुद्वारा अर्धनग्न प्रदर्शन
काठमाडौं, श्रावण १७ । क्यानडाको ओन्टारियो राज्यको वाटरलुमा अर्धनग्न भएर प्रदर्शनमा उत्रिएका तीन दिदीबहिनीलाई प्रहरीले गिरफ्तार गरेपछि महिलाहरुले त्यस्तै शैलीमा विरोध प्रदर्शन गरेका छन् ।
नियन्त्रणमा लिईएकाहरु मध्येकी अलिसा मोहमद क्यानेडियन म्युजिक अवार्डमा मनोनयनमा परेकी गायिका हुन् ।
बिरोध र्यालीमा सहभागी भएकाहरुले राज्य अदालतले दिएको आदेशअनुरुप अत्याधिक गर्मीको समयमा अर्धनग्न बस्ने छुट जुनसुकै महिलालाई भएको तर्क गरेका छन् ।
ओन्टारियो राज्यको अदालतले सन् १९९६ मा महिलाहरुले अर्धनग्न वस्त्र लगाउन पाउने फैसला सुनाएको थियो ।
0 comments
Write Down Your Responses