सुनको भाउ पाँच वर्षयताकै सस्तो

काठमाडौँ । सुनको भाउ अन्तर्राष्ट्रिय बजारमा विगत पाँच वर्षयताकै सस्तो भएको छ। विश्व बजारमा भाउ घटेकाले यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि पर्नेछ। सोमबार सरकारी विदा दिइएकाले नेपालको बजारमा नयाँ भाउ कायम भने गरिएको छैन।

चीनले सुनको मौज्यात घटाएपछि बजारमा आपूर्ति बढ्न गई भाउमा गिरावट आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। यसैगरी, अमेरिकी डलर मजबुत बन्दै जाँदा सुनको भाउमा नकारात्मक असर पर्नुको अर्को मुख्य कारण देखिएको छ।
अन्तर्राष्ट्रिय बजारमा सोमबार प्रतिऔंस सुनको मूल्य एक हजार ७२ अमेरिकी डलरसम्म आइपुगेको छ। नयाँ बजेटमार्फत सरकारले भन्सार दर कम गरेकाले पनि स्थानीय बजारमा सुनको भाउ थप घट्न सक्ने सुन व्यवसायीले बताएका छन्।
नेपाली बजारमा सुनको भाउ प्रतितोला ४९ हजार पाँच सय रुपैयाँ आइपुगेको छ। विगत लामो समयदेखि नेपाली बजारमा सुनको भाउ ५० हजारदेखि ५२ हजार हाराहारीमा कारोबार हुँदै आएको छ। अन्नपूर्ण पोस्टमा समाचार छ ।

,

0 comments

Write Down Your Responses