जब आकाशबाट ५ सय रुपैयाँको नोट वर्षिन थाले…

monkeythiefगएको शनिवार भारतको वृन्दावनमा वर्षा भयो । तर त्यो वर्षा पानीको थिएन, ५ सय भारुका नोट वर्षिए। पानी वषिर्एको भए त मानिसहरु कतै ओत लाग्थे होला तर त्यहाँ त मानिसहरु तछाडमछाड गर्दै नोट टिप्न दौडिए ।

वृन्दावनको बाँके बिहारी मन्दिर क्षेत्रमा त्यसरी पैसाको वर्षा हुँदा कतै लक्ष्मी देवी साक्षात् प्रकट त भइनन् ? भन्ने लख काटे । तर अन्तिममा अनौठो कुरा पो पत्ता लाग्यो । एउटा बाँदरले मानिसको पैसा चोरेर नजिकैको घरमाथि चढ्दै च्यातचुत पारेर फ्याँकिरहेको रहेछ । अनि पो आकाशबाट पैसाको नोट वषिर्रहेको रहेछ ।
समाचार अनुसार मुम्बइबाट दर्शनका लागि उक्त मन्दिरमा आएकी हेमवती सोनकरले झोलामा राखेका ५ सय भारुका ३ वटा बण्डल राखेकी थिइन् । जम्माजम्मी डेढ लाख भारु थियो उनको झोलामा । झोलाभित्र खानेकुरा भएको आशंकामा बाँदरले उनको झोला थुतेर लग्यो र फुत्त भाग्यो ।
अनि नजिकैको घरमाथि चढ्यो, झोला खोलेर त्यसभित्रबाट पैसाका बण्डल निकाल्यो र थुतथात पारेर हावामा फ्याँक्न थाल्यो । बाँदरले माथिबाट फ्याँकेका नोटहरु तल भुइँमा झरेपछि ठूलो संख्यामा मानिसहरु ती नोट टिप्नका लागि झुम्मिए । बुढाबुढी, केटाकेटी तथा युवायुवती सबैले धेरथोर नोट टिपेर आफ्नो बाटो लागे । बाँदरले खसालेका नोट टिप्न भनेर गएकी ती महिलाकी छोरीको उल्टै झण्डै ३० हजार भारु पर्ने मोबाइल समेत चोरी भयो ।
विचरा बाँदरले पैसा चोरिदिएपछि बेखर्ची बनेकी ती महिला दुखी हुँदै फर्किन् । आफुलाई सहयोग गर्न तथा बाँदरलाई धपाएर आफ्नो झोला फिर्ता गराउनका लागि मन्दिर प्रशासनका मान्छे तथा सुरक्षाकर्मी कोहीपनि नआएकोमा विचरी ती महिलाले निकै दुखेसो पोखिन् ।

,

0 comments

Write Down Your Responses