ताइवानमा शक्तिशाली आँधी
काठमाडौं, श्रावण २३ । ताइवानमा लगातार परेको पानीसँगै आएको शक्तिशाली समुद्री आँधीका कारण कम्तिमा ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक ८ वर्षीया बालिका र उनकी आमासमेत छन् ।
‘सुडेलोर’ नाम दिइएको आँधी २ सय ३० किलोमिटर प्रतिघन्टाको वेगसम्म आएको बताइएको छ । आँधी आउनुअघि नै सरकारले दशौं हजार मानिसलाई सुरक्षित स्थानमा सारेको थियो ।
आँधीका कारण पूर्वी क्षेत्रमा पहिरो पनि गएको छ भने २० लाख घरमा बिजुली आपूर्ति ठप्प भएको छ । रेलमार्ग र विद्यालय बन्द गरिएको छ भने कयौं हवाई उडान रद्द गरिएका छन् ।
ताइवानको मौसम विभागले आँधी उत्तरपश्चिमतर्फ बढिरहेको जनाएको छ भने आँधीको प्रभाव चीनतर्फ पनि पर्ने अनुमान गरिएको छ ।
0 comments
Write Down Your Responses