सलमानका कारण आमा बन्न तयार भएँ: ज्याकुलिन

रूप र सौन्दर्य छउन्जेल अपवादवाहेक केही नायिकाहरू चरित्र भूमिका गर्न रुचाउँदैनन्। तर, कैयौं फिल्ममा नायिकाको भूमिका निभाएकी अभिनेत्री ज्याकुलिन फर्नान्डिजले १४ अगष्टमा रिलिज हुन लागेको फिल्म ‘ब्रदर्स’ मा आमाको भूमिका निभाएकी छिन्।

ब्रदर्समा उनी अक्षयकुमारको श्रीमतीको भूमिकामा छिन्। जसले किड्नीको बिरामीले थलिएको बच्चाको आमाले गर्नुपर्ने संघर्ष गर्छिन्।
सुरूमा उक्त भूमिका निभाउन वास्ता नगरेकी उनले किन आमा बन्न रुचि राखिन् त?
हालै ज्याकुलिनले भनेकी छिन्,‘म सलमानका कारण आमा बन्न तयार भएँ। उनले नै मलाई आमाको भूमिका गर्न राजी गराएका हुन्।’
उनले सलमान प्रति आभार प्रकट गर्दै भनेकी छिन्,‘सलमान सधैं हाम्रो जीवनमा विशेष छन् किनकी उनी हाम्रो करियरलाई नयाँ रुप दिन सहयोग गरिरहन्छन्। उनले मलाई परिवारको सदस्य सरह सल्लाह दिएका छन्। मेरो जीवनमा उनले जे जति गरिदिएका छन्, म त्यो कहिल्यै बिर्सन सक्दिन।’

,

0 comments

Write Down Your Responses