महादेव मन्दिर दर्शन गरेर फर्किएको माइक्रोबस राजधानीमा दुर्घटना

सूर्यविनायक नगरपालिका सिपाडोलस्थित आशापुरी महादेव मन्दिरमा दर्शन गरेर फर्कने क्रममा तीर्थयात्री बोकेको माइक्रोबस आज दुर्घटना हुँदा दुई बच्चासहित १५ जना घाइते भएका छन् । लोकन्थलीबाट रिजर्भमा २१ जना महिला तीर्थयात्री लिएर डोलेश्वर र आशापुरी मन्दिर गएको बा १ ज ८४३९ नंको माइक्रोबस ब्रेकफेल भएर दुर्घटना भएको हो ।

डोलेश्वर महादेव मन्दिरको दर्शन गरेर आशापुरी महादेव मन्दिर गई दर्शन गरेर फर्कने क्रममा डोलेश्वरभन्दा माथि माइक्रोबस दुर्घटना भएको महानगरीय प्रहरी वृत्त जगातेका प्रहरी नायब उपरीक्षक देवेन्द्र पालले जानकारी दिनुभयो । घाइतेमध्ये गम्भीर रहेका दुईजनाको बिएन्डबी अस्पताल ललितपुरमा, पाँचजनाको नागरिक अस्पताल गट्ठाघरमा र आठजनाको मध्यपुर अस्पताल थिमीमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।

,

0 comments

Write Down Your Responses