दुतावासको लापरवाहीले कुवेतमै अलपत्र भए नेपाली

इलामः कुवेत स्थित नेपाली दुतावासको कर्मचारीको लापरवाहीको कारण त्यहाँ गएका सयौ नेपाली कामदारले दुःख पाउने गरेको कुवेत पुगेका नेपालीहरुले गुनासो गरेका छन् ।

कुवेतको एसटिएसजी कम्पनी (सेक्युरीटी एण्ड टेक्नीकल सभिर्स ग्रुप) मा काम गर्ने बुटवलका ओम बहादुर थापा (बर्ष ३०) चार बर्ष अघि त्यहाँ गएका थिए । एक बर्षदेखी नेपाल फर्कन चाहेका उनले त्यहाँको रोजगार दाता कम्पनीको गैरकानुनी दवाव र नेपाली दुतावासको वेवास्थाको कारण नेपाल आउने पाएका छैनन् ।


आउने प्रकृया शुरु गरेको ९ महिना भन्दा बढी भयो । कम्पनी, दुतावास धाउदा पनि नेपाल फर्कने सम्भव भएन । त्यहाँबाट फर्केका सुर्योदय नगरपालीका ४ का हरिश्चन्द्र तिम्सीनाले भने ‘चार महिना देखि तलव छैन ।’ उनी आफैले पनि करिब एक बर्ष कानुनी लडाइ लडेर नेपाल फर्केको बताए ।


दुतावासले नेपाली कामदारको पक्षमा आधिकारीक रुपमा काम नगरेका कारण सयौ नेपालीले दुख पाइरहेको त्यहाँबाट फर्केका तिम्सिनाले बताए । दुतावासले कागजको टुक्रमा दुई लाईन लेखेर गैर जिम्वेवारी प्रर्दशन गर्ने गरेको उनले बताए । तिमल्सिना भन्छन्, 'दुतावासले नेपाली कामदारका लागी कार्यालयको लेटरप्याड सम्म प्रयोग गर्ने गरेको छैन ।'

अहिले कुवेतमा घर आउन चाहेका ५० भन्दा बढि रहेको अनुमान छ । उनी भन्छन् ‘सयौ नेपालीको हित हुन्छ समाचार लेखिदिनुस् ।’ दुतावासका कर्मचारीको लापरवाही र रोजगारदाता कम्पनी संगको मिलेमत्तोका कारण नेपाली कामदारले दुख पाएको उनको आरोप छ ।

तिम्सीनाका अनुसार लेवरकोट भएपनी नेपालीहरु त्यहाँ सम्म पुग्नै नसक्ने र पुगे पनि भाषगत समस्याले फर्कने गरेको चार बर्ष कुवेतमा बसेर फर्केका हरिश्चन्द्र तिम्सिनाले बताए । उनी आफै दुई महिना काम, दाम विना बसेर फर्केको सुनाए ।

 त्यहाँ बस्दा नेपालीलाई खान बस्न मासिक दश हजार देखि पन्द्र हजार खर्च आउँछ । त्यहाँ काम दाम विना घर फर्कने आशमा बस्नेको सख्या उच्च रहेको तिम्सिनाले बताए ।

,

0 comments

Write Down Your Responses