प्रहरीलाई बिहेको किचलो
२३ साउन, मोरङ । मोरङ प्रहरीलाई अहिले बिहेको झमेला र जग्गा कारोबारको किचलो मिलाउने कामको चाप बढेको छ । मोरङ प्रहरी प्रवक्ता प्रभु ढकालका अनुसार जग्गा र बिहेको किचलोमा प्रहरी धेरै व्यस्त हुनुपरेको छ । जग्गा कारोबार बढेसँगै किचलो पनि बढेको उनले बताएको छ । त्यस्तै, अन्तरजातीय बिहेका कारण हुने झगढा मिलाउन पनि प्रहरी व्यस्त हुने गरेको छ ।
0 comments
Write Down Your Responses