धनगढीको पुरै नगरक्षेत्र डुबानमा (फोटो फिचर)
अविरल वर्षाले डुवानमा परेको कैलाली सदरमुकाम धनगढी । तस्बिरहरु : शिबराज भट्ट
विद्युत अवरुद्ध, २५ परिवारको उद्धार
धनगढी : दुई हप्तासम्म चर्को घाम लागेको सुदूरपश्चिममा शनिबार रातिदेखिको अविरल वर्षाले कैलाली सदरमुकाम धनगढी पुरै डुबानमा परेको छ ।
धनगढीको विशालनगर, एलएनचोक, हसनपुर र शिबनगरक्षेत्र सबैभन्दा बढी डुबानमा परेका छन् । शिबनगरबाट २० परिवारलाई नेपाल प्रहरी र शसस्त्र प्रहरीले उद्धार गरेर सुरक्षित स्थानमा ल्याएको कैलालीका प्रहरी उपरीक्षक विक्रमबहादुर चन्दले जानकारी दिए ।
यस्तै धनगढी नगरपालिका-३ विशालनगरमा पनि पाँच परिवारको उद्धार गरिएको छ । नेपाल प्रहरी, शसस्त्र प्रहरी र रेडक्रसकर्मीहरुले उनीहरुको उद्धार गरेका हुन् । सो क्षेत्रमा ठुलो डुबान भएपछि स्थानीय त्रसित भएको स्थानीय टेकराज जोशीले बताए ।
निकासको ब्यवस्था नभएपछि धनगढीको मुटु मानिने एलएनचोकमा पनि चार फिटबढी डुबान भएको छ । त्यहाँ दुई दर्जन पसलमा पानी पसेको छ । एलएनचोकमा मोटरसाईकल चलाउन गाह्रो भएको छ ।
दैलेखबाट धनगढीका लागि तरकारी ल्याएको मिनी टाटा बस धनगढी नगरपालिका–४ को कैलाली नालाले बगाएको छ । पानीको सतह बढी भएका बेला राष्ट्र बैंक नजिकैको खोलामा गाडी हालेपछि बगाएको वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक मनोहर प्रसाद भट्टले जानकारी दिए ।
नगरक्षेत्रमा रहेका खोलाहरुमा अतिक्रण भएकाले पानीले निकास नपाउँदा नगरक्षेत्र डुबानमा परेको नगरबासीले बताएका छन । नगरविकास समितिले खोला नालाको छेउछाउ भू–माफियाहरुलाई
annapurnapost
0 comments
Write Down Your Responses