सन्नीले मागिन् दिनको दुई करोड
मुम्बई: बलिउडमा अहिले चल्तीकी नायिका सन्नी लियोनले आफ्नो लोकप्रियतालाई ध्यानमा राख्दै आश्चर्यजनक रूपमा पारि श्रमिक बढाउन थालेकी छन्।
हालै एक औषधिको ब्रान्ड सुट गर्न उनले ठूलो रकम मागेर बलिउडका हस्तीलाई पनि उछिन्ने प्रयास गरेकी छन्। चार दिनको छायांकनका लागि उनले आठ करोड भारु मागेकी थिइन्।
दैनिक दुई करोड भारु मागेपछि उनी चर्चामा आएकी छन्। यसअघि पनि निर्माताबाट सन्नीले मागेजति रकम पाउँदै आएकी छन्।
'रागिनी एमएमएस २', 'एक पहेली लीला', 'कुछ कुछ लोचा है'जस्ता चलचित्रमा अभिनय गरेकी सन्नी रियालिटी सो 'बिग बोस'को पाँचौं संस्करणमा सहभागी भएपछि बलिउडमा उनको उदय भएको हो।
उक्त सोबाट उनका बारेमा बलिउडमा सबैले जानकारी पाएका हुन्। त्यसअघि पोर्नस्टारका रूपमा ख्याति कमाएकी सन्नीको करिअरमा ‘बिग बोस’ले नयाँ मोड ल्याइदिएको हो।
0 comments
Write Down Your Responses