भेष बदलेर सडकमै खेले रोनाल्डो भिडियो
मेड्रिड (स्पेन), श्रावण २२ - स्पेनको सडकमा विश्वकै चर्चित फुटबल क्रिष्टियानो रोनाल्डो भेष बदलेर आउनेछन् भन्ने कसैले कल्पना गरेको पनि थिएन होला । तर, भयो यस्तै । लामो कपाल, दारी र कालो चश्मा लगाएर सामान्य परिरनमा क्रिष्टियानो रोनाल्डोले मेड्रिडको व्यस्त सडकमा करिब एक घण्टा आफ्नो कौशल देखाए तर कसैले पहिचान गर्न सकेन ।
फोहोरी रुपमा देखिएका रोनाल्डो सडकमा फुटबल कौशल देखाउदै आवतजावत गर्नेहरुलाई जिस्क्याउछन् । अझ, एउटी महिलासँग त उनले फोन नम्बर नै माग्छन् । अन्त्यमा निकोलास नाम गरेका बालकलाई हस्ताक्षर गरेको बल दिंदै उनले आफ्नो नक्कली दाह्री र कपाल झिकेपछि भने मेड्डिको व्यस्त सडकमा प्रशंसकहरुबाट रोनाल्डो घेरिन पुग्छन् ।
जनवरीमा खिचिएको भिडियो अहिले सार्वजनिक भएपछि यसको चर्चा चुलिएको छ । सोमबार सार्वजनिक भएको यो भिडियो अहिलेसम्म ५५ लाख बढीले हेरिसकेका छन् । रोनाल्डोले लाइभ लाइफ लाउडसँगको सहकार्यमा यस्तो भिडियो बनाउन राजी भएका हुन् । यो भिडियो विज्ञापनको लागि तयार पारिएको थियो ।
0 comments
Write Down Your Responses